News

कांग्रेस उम्मेदवार कार्कीको घरमा बम विष्फोट

कांग्रेस उम्मेदवार कार्कीको घरमा बम विष्फोट


उदयपुर । नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीको घरमा बम बिस्फोट भएको छ । नेपाली कांग्रेसका नेता तथा उदयपुर् निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सभाका सदस्य उम्मेदवार कार्कीको घरमा बिस्फोट हुँदा गोठ र पशुचौपायामा क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित कार्कीको घरमा आज बिहानपख भएको सो बिष्फोटबाट कुनै मानिवय क्षति नभएको जनाइएको छ। कसले किन बिस्फोट गरेको भन्ने बारे केहि जानकारी आईनसकेको जनाइएको छ।

विशेष