चिनियाँ स्याउ रसुवाबाट भित्रिँदै

रसुवागढी । अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् ।
टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा रहेको र आज दिउसोसम्म एक सयवटा कन्टेनर नेपाल भित्रिसकेको छ । फर्केका कन्टेनरमध्ये ५० प्रतिशतले स्याउ र अन्य कन्टेनरले कस्मेटिक सामान लिएर आएको सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिए ।
सामान लिनका लागि आज थप १५ वटा कन्टेनर केरुङबाट त्यसतर्फ प्रस्थान गरिसकेको र भन्सार हातामा आएका कन्टेरनको जाँच पास धमाधम भइरहेको बताइएको छ ।
Rasuwagadhi Chinese apple