News

सप्तरीमा बम विस्फोट गराउन खोज्ने दुई जना सार्वजनिक

सप्तरीमा बम विस्फोट गराउन खोज्ने दुई जना सार्वजनिक

राजविराज । राजविराजमा बम विष्फोट गराउन खोज्ने दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बस्ने ४० वर्षीय तेजनारायण यादव र विष्णुपुर गाउँपालिका– ६ का सञ्जयकुमार रायलाई दुई दिन अगाडि राजविराजमालाई लक्ष्य गरी प्रेसकुकर बम विस्फोट गराउने योजना बनाइरहेका अवस्थामा पक्राउ गरिएको बताए । 

पक्राउ परेका उनीहरु विप्लव समूहका कार्यकर्ता भएको बताइन्छ । पक्राउ परेका तेजनारायणबाट बम विस्फोट गराउने रिमोट कन्ट्रोल फेला पारेको र त्यसपछिको सोधपुछका आधारमा प्रहरीले बम फेला पारेको थियो ।

मानवीय तथा भौतिक क्षति पुर्याउने उद्देश्यले राजविराज–कुनौली सडक खण्डअन्तर्गत रञ्जीतपुरस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै धान खेतमा लुकाइछिपाई राखिएको शक्तिशाली प्रेसरकुकर बम उनकै बयानको आधारमा फेला पारिएको उनले जानकारी दिए । सोही घटनामा उनका सहयोगी सञ्जयकुमार रायलाई समेत पक्राउ गरिएको छ ।

प्रहरी टोलीले सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १४ रम्पुरा मल्हनियाँ बस्ने ३४ वर्षीय सूर्यनारायण सुतिहार हतियारसहित पक्राउ गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित एक घरमा आसन्न निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले उनी बसेका छन् भने सूचना पाएपछि प्रहरीले उनलाई हतियारसहित पक्राउ हो ।

सुतिहारको साथबाट गोली लोड भएको एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने दुई राउण्ड गोलीसमेत बरामद गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

हात्तीको आक्रमणबाट महिलाको मृत्यु 

सप्तरीको कंचनरुप नगरपालिकास्थित बदगामा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नं १० बस्ने ७० वर्षीया फूलवादेवी यादव रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै घरमा बसिरहेका अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट यादवको घटनास्थलमा नै मृत्यु भएको हो । 

bomb

विशेष