विदेश

उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइल प्रहार, अमेरिका र जापानले दिए कडा चेतावनी

उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइल प्रहार, अमेरिका र जापानले दिए कडा चेतावनी

काठमाडौं। शक्तिशाली मानिएका मुलुकलाई चुनौती दिँदै उत्तर कोरियाले पुनः अर्को ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

उत्तर कोरियाले दक्षिण कोरियालाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले प्रहार गरेको यो मिसाइल अन्तर महाद्विपीय ब्यालेष्टिक मिसाइल रहेको र बिश्वभरका लागि निकै नै खतरापूर्ण रहेको अमेरिकी रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।

उत्तर कोरियाको प्योंगान प्रान्तबाट प्रहार गरिएको यो मिसाइल एक हजार किलोमिटर दुरी पार गरी जापानको सागरमा खसेको जनाइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको यो कदमप्रति आफूले जवाफ चेतावनी दिएका छन् ।

उता जापानका प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाले प्रहार गरेको मिसाइलको समीक्षा गर्न आपतकालीन बैठक बोलाएका छन् । बैठकले उत्तर कोरियाली रवैयाप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले यसअघि गत सेप्टेम्बरमा पनि ब्यालेष्टिक मिसाइल प्रहार गरेको थियो ।

विशेष