अछाममा सैनिक बोकेको ट्रक दुर्घटना १४ सैनिक घाइते, दुईको अवस्था गम्भिर

अछाममा सैनिक बोकेको ट्रक दुर्घटना १४ सैनिक घाइते, दुईको अवस्था गम्भिर

काठमाडौं । अछाम जिल्लाको बान्नीगडी जयगढ गाउँपालिका वडा नं. ४ तिमिल्सेनमा सेनाको ट्रक दुर्घटना हुँदा १४ जना सैनिक घाईते भएका छन् ।
नेपाली सेनाका अधिृकत सहित जवानहरुलाई बोकेर बाजुराबाट दुर्गाबक्स गण अछामका लागि आउँदै गरेको लु १ ग २७८ नम्बरको ट्रक आज साँझ साँफेबगर–मंगलसेन सडक खण्ड अन्तरगत तिमिल्सेनको घुम्तिमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका सबै १४ जनाको बयलपाटा अस्पताल अछाममा उपचार भैरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ९डिएसपी० दधिराम न्यौपानेले जानकारी दिए। घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको समेत डिएसपी न्यौपानेले बताएका छन ।

उनका अनुसार बाजुराबाट निर्वाचनको काम सकेर अछाम फर्किन लागेका नेपाली सेनाका अधिृकत सहित जवानहरु ट्रकमा सवार थिए । ब्रेक फेल भएर ट्रक दुर्घटना भएको न्यौपानेले जानकारी दिए । उनका अनुसार घाईतेको परिचय खुलेको छैन । ट्रकमा सेनानी सह–सञ्जय भण्डारी नेतृत्वको टोलीका साथ उनि सहित ३३ जना सैनिक जवान सवार थिए ।

संम्बधित खबर

विशेष