News

एकै दिनमा कारबाहीमा परे ८ सय ५२ चालक

एकै दिनमा कारबाहीमा परे ८ सय ५२ चालक


काठमाडौं । काठमाडौं उपत्याकामा मंगलबार सवारी नियम उल्लंघन गर्ने एक हजार ८ सय ५२ चालक कारवाहीमा परेका छन् ।

अघिल्लो दिनको तुलनामा भने कारवाहीमा पर्ने चालकको संख्यामा सामान्य कमी देखिएको छ । सोमबार १ हजार ९ सय १५ चालक कारवाहीमा परेका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक कृष्णदत्त भट्टका अनुसार सवारी नियम उल्लंघन गरेको कसुरमा राजधानीमा विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो । कारवाहीमा पर्नेमा मिटरमा जान नमान्ने ट्याक्सी तथा लेन अनुशासन उल्लंघन गर्ने सवारी चालकको संख्या ४ सय १७ छ । त्यस्तै जभाभावी पार्किङ गर्ने ९६ चालक, मापसे गरी सवारी चलाउने ७४ जनालाई पनि कारवाही गरिएको छ ।

मंगलबार राजधानीका विभिन्न स्थानमा १८ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा सातजना सामान्य घाइते भएको महाशाखाले जनाएको छ ।

विशेष