News

हाम्रा माननीयहरु विदेशी डलर संस्थाका मोडल !

हाम्रा माननीयहरु विदेशी डलर संस्थाका मोडल !

काठमाडौं । यदि सरकारको उच्च ओहोदामा रहेकाहरुले आफ्नो मान, मर्यादा र जिम्मेवारी ठीक ढंगले बुझेनन्, देशको प्रतिष्ठा आफनो कृत्यहरुसँग जोडिएको छ भन्ने हेक्का राखेनन् र सधै विदेशीलाई अन्नदाता र भाग्य निर्माताको रुपमा स्वीकार गरिरहे भने के होला हालत ? अनि के के देख्नु पर्ला यी आँखाले ? जवाफका लागि दिइएका तस्बरुहरु नै काफी छन्, जहाँ तपाईले देख्न सक्नुहुन्छ, भावी प्रधानन्यायाधीश सपना प्रधानन्यायाधीश र राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीलाई मोडलको रुपमा ।

उहाँहरुलाई यस्तो भूमिका दिलाउन सफल संस्था हो, बेलायती सहयोग नियोगको युके एड । बेलायत सरकारको एउटा आइएनजीको ब्यानरमा हाम्रा उच्च पदस्थ व्यक्ति मोडल बन्दा कहाँ पुग्छ हाम्रो इज्जत र नेपालीको स्वाभिमान ? के पनि प्रश्न उठ्छ भने तस्बीरसँगै छापिएको बोली निःशुल्को हो वा सशुल्क ? के उहाँहरु पूर्ण स्वतन्त्र नागरिक हो ? यद्यपि, उहाँहरुले उठाएको मुद्दा सही छ । जे बोल्नु भएको छ त्यो व्यवहारमा ल्याउनका लागि भूमिका खेल्न सक्ने ठाउँमा हुहुनुहन्छ । तर, फेरि पनि किन कसैको प्रायोजनमा मात्रै बोल्ने गरिन्छ यस्ता कुरा ?
–जनआस्था साप्ताहिकबाट

विशेष