News

प्रचण्ड निवासमा नअटाएकी सिर्जनालाई अब प्रकाशको जिम्मेवारी दिइने

प्रचण्ड निवासमा नअटाएकी सिर्जनालाई अब प्रकाशको जिम्मेवारी दिइने

काठमाडौं । प्रचण्डको परिवारमा माइली बुहारी बनेर भित्रिएकी सिर्जना त्रिपाठीले अब पति प्रकाश दाहालले सम्हाल्दै आएको ससुराको निजी सचिवालय जिम्मा लिने सम्भावना बढेको छ । चुनावपछिदेखि उनले माओवादी पार्टी अध्यक्षको सचिवालय हेर्नेबारे प्रचण्ड निवासमै छलफल भएको बताइन्छ ।

कान्छी बहाुरी बीना मगर कञ्चनपुरबाट सांसद भएर नीति निर्माणमा सक्रिय रहने कुरामा शंका छैन । यसर्थ पनि सिर्जनाले खास जिम्मा पाउने सम्भावना बढेको छ । सिर्जनालाई प्रविधिबारे राम्रो ज्ञान भएको, स्नातकोत्तरसम्मको अध्ययन सकिएको र राजनीतिक रुपले सक्रिय रहेकोले आधारमा यस्तो जिम्मेवारी उपयुक्त हुने ठानिएकोछ । सामाजिक सञ्जालमा सक्रिय रहने, पत्रकारसँग राम्रो सम्बन्ध राख्ने, मिडिया फ्रेन्डली छवि बनाएका प्रकाशको अनुपस्थितिलाई पूर्ति गर्ने क्षमता र दक्षता सिर्जनामा रहेको पारिवारिक स्रोतको दावी छ । अहिले उनलाई लाजिम्पाट निवासमा रहेको ग्राउन्ड फ्लोरको दायाँपट्टिको कोठा दिइएको छ ।

सिसिटिभी राख्ने ठाउँ नजिक, प्रचण्डका निजी सचिव र सुरक्षाको जिम्मा पाएका जोखबहादुर महारा र सन्तु दराईहरु बस्ने कोठासँगै जोडिएको कोठा उनलाई बस्नका लागि दिइएको हो ।
–जनआस्था साप्ताहिकबाट

विशेष