News

चुनावको मुखैमा विवेकशील साझाका संयोजक उज्ज्वल थापा महिलाको भेषमा, कारण यो रहेछ

चुनावको मुखैमा विवेकशील साझाका संयोजक उज्ज्वल थापा महिलाको भेषमा, कारण यो रहेछ

काठमाडौं । उज्ज्वल थापा अर्थात विवेकशील साझा पार्टीका काठमाडौं क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार । विवेकशील साझा पार्टीका संयोजकसमेत रहेका थापा आज बिहीबार एकाविहानै महिलाको रुपमा देखिएपछि देख्ने जतिले अचम्म माने । 

उनी महिलाविरुद्ध हुने सबै खाले हिंसा अन्त्य गर्न २५ नोभेम्बरदेखि चलिरहेको १६ दिने अभियानलाई साथ दिन महिलाको रुपमा देखा परेका हुन् । उनले आफ्नो फेसबुक वालमा आफूले सारी लगाएको फोटो पोष्ट गरेका छन् ।

‘५ बर्ष अगाडि १०७ दिन लगातार बालुवाटारमा उभिएका थियौँ, किन ? महिला हिंसाविरुद्ध समाजका हजारौं चेतनशील नागरिकहरु उर्लेका थियौं । नतिजा सीता राईमाथि अन्याय गरेकाहरु जेलमा पुगे । महिला हिंसासम्बन्धी कानुनमा सुधार आयो । बालकृष्ण ढुंगेल जेलभित्र पुगे । अझै धेरै गर्नु छ तपाईं हामी मिलेर !’ उनले लेखेका छन् ।

चुनावको सरगर्मी बढेको बेला उज्ज्वल थापाको यो कदम महिलाको भोट तान्नमात्र हो भनेर विरोधीहरु भनिरहेका छन् । हुन पनि हरेक वर्ष मनाइने १६ दिने अभियानमा पछिल्लो वर्षसम्म उनले यस्तो गरेका थिएनन् ।

विशेष