News

घुस्याहा इन्जिनियर समातिए रंगेहात

घुस्याहा इन्जिनियर समातिए रंगेहात


काठमाडौं । सिंचाइ विकास डिभिजन, कास्कीमा कार्यरत इन्जिनियर गोविन्द प्रसाद भुर्तेलले ५० हजार घुस सहित समातिएका छन् ।

सिंचाइ कुलो निर्माणका लागि ठेक्का सम्झौता गरी काम सम्पन्न गरे पश्चात अन्तिम विल भुक्तानीका लागि र कार्य अनुभव–पत्र दिने प्रयोजनको लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने उजुरी एवम् निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निजलाई रु ५०,००० (पचास हजार) घुस रकम लिएको अवस्थामा निजकै निवासबाट घुस रकम सहित आज नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

विशेष