News

विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कार्बाही

विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कार्बाही

 सल्यान । नेकपा माओवादी केन्द्र सल्यानले विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कार्बाहीका लागि सिफारिस गरेको छ भने एक जनाको जिम्मेवारी खोसिएको छ ।

सल्यानमा पार्टी विभिजित गर्ने गतिविधिमा प्रत्यक्ष संलग्न भएको भन्दै बिनाबिभागिय मन्त्री समेत रहेका केन्द्र सचिवालय सदस्य तथा बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेत, पोलिटब्युरो सदस्यहरु नेव बहादुर कवर (विवेक), कृतिबहादुर पुन –प्रकाण्डसिंह), रमेश मल्ल (आदर्श), र रत्न बहादुर ओलि (तुफानसिंह) लाई पार्टी विधान बमोजिम हदै सम्मको कार्बाहिका लागि केन्द्र र प्रदेशमा सिफारिस गरेको माओवादी केन्द्र सल्यानले एक प्रेस विज्ञप्ती मार्फत आज खलंगामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

 

केहि दिन अघि माओवादीका सचिवालय सदस्यहरुले सदरमुकाम खलंगामा पत्रकार संमेलन गरि पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकी लाई जिल्ला संयोजक वाट हटाउन र कार्वाहीका लागी प्रदेश कमीटी र पार्टी केन्द्र लाई सिफारीस गरि उनको ठाउँमा निम वहादुर केसी  लाई चयन गरीएको जानकारी दिएका थिए ।

उनले टेकबहादुर प्रति आक्रोस हुदै भने  “दुई दुई पटक जितेर संसद हुदा पनि सल्यानमा केहि गर्न सकेनन् अब टेकबहादुरको पार्टीमा पनि काम छैन त्यसैले हामीले उमेदारी दिएका हौँ ।”

यस्ताे छ प्रेस विज्ञप्तीमा


विशेष