News

देउवाले भने– म हिन्दू राष्ट्रको पक्षमा छु

देउवाले भने– म हिन्दू राष्ट्रको पक्षमा छु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सार्वजनिकरुपमा नै हिन्दू राष्ट्रको पक्षमा बोल्ने बताएका छन् ।

विश्व हिन्दू महासंघका पदाधिकारीलाई देउवाले यस्तो बताएका हुन् । भेटमा विश्व हिन्दू महासंघका पदाधिकारीले हिन्दूराष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि देउवाले आफू पनि हिन्दूराष्ट्रकै पक्षमा रहेको बताए ।

देउवाको बचनपछि महासंघले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षधरलाई मत हाल्न आफ्ना शुभेच्छुक र सदस्यलाई आह्वान गरेको छ । ‘हामीले प्रधानमन्त्रीज्यूलाई बन्द कोठाभित्र होइन, सार्वजनिक समारोहमा हिन्दू राष्ट्रका पक्षमा बोल्न आग्रह गरेका छौँ,’ महासंघका वरिष्ठ उपाध्यक्ष एवं संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भने, ‘उहाँले म अब सार्वजनिकरुपमा नै बोल्छु भन्नुभएको छ ।’

नयाँ पत्रिका

विशेष