विदेश

अदालतमै विष सेवन गर्ने पूर्व राजीतिज्ञको निधन

अदालतमै विष सेवन गर्ने पूर्व राजीतिज्ञको निधन


काठमाडौं । युद्ध अपराध गरेको ठहर भएपछि अदालतमै बिष सेवन गर्ने पूर्वबोस्नियन राजनीतिज्ञ स्लोबोदान प्राल्जाकको मृत्यु भएको छ ।

७२ वर्षीय प्राल्जाकले गरेको अपीलको सुनुवाईका क्रममा नेदरल्यान्ड्सको दि हेगस्थित अदालतले पहिला सुनाइएको २० वर्षे जेल सजायलाई यथावत् राख्ने निर्णय गरेपछि बिष सेवन गरेका थिए । बिष सेवन गरेपछि अस्पतालमा भर्ना गरिएको र उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अदालतले उनलाई पहिला सुनाएको २० वर्षे जेल सजाय यथावत् राख्ने निर्णय सुनाएलगत्तै सानो गिलासबाट बिष पिएका थिए । उनले बिष पिएको भनेपछि न्यायाधीशले कारबाही रोकेका थिए । त्यसपछि एम्बुलेन्समा राखेर उनलाई नेदरल्यान्डस्को हेगस्थित अदालतका सुरक्षागार्डले अस्पतालमा पुर्‍याएका थिए ।

सन् १९९० को दशकको शुरुआतमा भएको युद्धका क्रममा बोस्नियाली मुसलमानहरुको जातीय सफाया गरेको अभियोगसहित अन्य अपराधका लागि दोषी ठहर गरिएका छ जनाले गरेको अपीलमाथि अदालती सुनुवाई भइरहेको थियो ।

विशेष