विदेश

भ्रष्टाचारी नवाज शरिफ अदालतमा उपस्थित

भ्रष्टाचारी नवाज शरिफ अदालतमा उपस्थित

इस्लामावाद । भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा अदालतको छानबीनको दायरामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ शुक्रबार सुनुवाईका लागि अदालत उपस्थित भएका छन् ।

भ्रष्टाचारको आरोप लागेपछि उनलाई गएको जुलाई महिनामा प्रधानमन्त्रीबाट पाकिस्तानी सर्वोच्च अदालतको आदेशमा हटाइएको थियो । पूर्व प्रधानमन्त्री शरिफ भ्रष्टाचार विरोधी अदालतमा शुक्रबार हुने सुनुवाईमा सहभागी हुनका लागि भन्दै बिहीबार मात्र लण्डनबाट स्वदेश फिर्ता भएका थिए ।

भ्रष्टाचार हेर्ने अदालतले अदालत उपस्थित हुन शुक्रबारको समय दिएको थियो । त्यसैले  हिजो नै स्वदेश फर्किएका थिए । पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त समाचारअुनसार शुक्रबार बिहान विशेष सुरक्षा व्यवस्थाका साथ अदालत उपस्थित भएका थिए । अदालतले यही नोभेम्बर ७ मा उपस्थितिका लागि अर्को म्याद दिएको वकिलले जानकारी दिएका छन् ।

विशेष