घरको छतबाट खसेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु
काठमाण्डौं । संखुवासभाको चैनपुरमा घरको छतबाट खसेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । शुक्रबार बिहान छतबाट खसेर खाँदबारी–४ बरुवालगाउ निवासी चन्द्रमणि काफ्लेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
विगत ७ वर्ष अगाडी सशस्त्र प्रहरीमा भर्ना भएका थिए ।उनी सरुवा भएर करिब डेढ वर्षअघि मात्रै सशस्त्र प्रहरी अरुणदल गुल्म चैनपुर घर पायक भनेर आएका थिए । डियुटीमै रहेका बेला शुक्रबार बिहान ३ बजेतिर मोबाइलमा कुरा गर्दैगर्दा उनी छतबाट खसेको जनाएको छ । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
काफ्लेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएर पनि अन्तेष्टिका लागी आफन्तलाई बुझाइ सकिएको छ भने उनको आजै अरुण नदीमा दाहसंस्कार हुदैछ ।