बहुविवाह गरेको आरोपमा एक दम्पती गिरफ्तार
काठमाण्डौं । बहुविवाह गरेको आरोपमा पाँचथर प्रहरीले वुधवार एक दम्पतीलाई गिरफ्तार गरेको छ । घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याउने कुम्मायक गाउँपालिका १ का ३४ वर्षीय विरेन्द्रकुमार लावती र श्रीमती भएका पुरुषसँग विवाह गर्ने काभ्रेपलाञ्चोककी २७ वर्षीया भीममाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
लावतीकी २७ वर्षीया श्रीमती रूपा तामाङ लावतीले दिएको उजुरीका आधारमा उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । पीडितले कात्तिक ९ गते आरोपित द्वयविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।