News

बाटोमा हिँडिरहेका युवासँग ५७ लाख भेटिएपछि...

बाटोमा हिँडिरहेका युवासँग ५७ लाख भेटिएपछि...

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीमा समान्तर बैकीङ कारोबार (हुण्डी कारोवार) भई रहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिडिरहेका ३ जनालाई स्रोत खुलाउन नसकेको ५६ लाख ८० हजार रुपैयाँ सहित शुक्रबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा बाग्लुङ पैर्यु पथान गाउँपालिका घर भई काठमाडौँ धापासी बस्ने ३४ बर्षीय पुर्ण थापा, बाग्लुङ बुर्तियाङ्ग –१ घर भई काठमाडौ बालाजु बस्ने २४ बर्षीय प्रदिप छन्त्याल र मोरङ काने पोखरी नगरपालिका– ३ घर भई काठमाडौँ लैनचोर बस्ने २५ बर्षीय कुलदिप चौधरी रहेका छन् ।

उक्त रकम मध्ये थापाको साथबाट ३९ लाख, छन्त्यालको साथबाट १३ लाख ५० हजार र चौधरीको साथबाट  ४ लाख ३० हजार रुपैयाँ बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विशेष