विदेश

उत्तर कोरियामा २०० जनाको ज्यान गयो

उत्तर कोरियामा २०० जनाको ज्यान गयो


काठमाडौं । उत्तर कोरियाको परमाणु परीक्षण केन्द्रमा दुर्घटना हुँदा करिव २०० जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।


गत अक्टुबर १० मा पुंग्गेरी स्थित परमाणु परीक्षण केन्द्रको सुरुंगको चारै भाग भत्किँदा २०० जना मारिएको जापानी टेलिभिजन ‘असाही’ले  बताएको हो ।

टेलिभिजन असाहीले सुरुंगको चारै भाग भत्किदा सुरुमा सय जना र उद्धार कार्य ढिला हुँदा बाँकी थप सय जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

‘द टेलिग्राफ’का अनुसार असफल परमाणु अस्त्र परीक्षणबाट उक्त दुर्घटना भएको हुनसक्ने उल्लेख गर्दै घटनाको यथार्थ विवरण उत्तर कोरियाले गोप्य राखेको जनाएको छ ।

त्यस्तै दक्षिण कोरियाली समाचार संस्था ‘योनाप’ले उक्त भूमिगत परमाणु परीक्षण स्थलमा दुर्घटना गत अक्टुबर १० मा भएको पुष्टि गरेको छ । उक्त दुर्घटनापछि उत्तर कोरियामा परमाणु विकिरण फैलिएको हुनसक्ने बताइएको छ ।  

विशेष