News

भनसुनका आधारमा जागिर खाएका अस्थायी शिक्षकलाई स्थायी बनाउन यस्तो काइते आइडिया

भनसुनका आधारमा जागिर खाएका अस्थायी शिक्षकलाई स्थायी बनाउन यस्तो काइते आइडिया

काठमाडाैं । भनसुन र तोक आदेशमा सामुदायिक विद्यालयमा नियुक्त अस्थायी शिक्षकहरुलाई शिक्षक सेवा आयोगले निले परीक्षामा सजिलो प्रश्न सोधेर सहजै स्थायी बनाइने भएको छ ।

आयोगले अस्थायी शिक्षकहरुलाई सोध्ने प्रश्नको ग्रिड तथा पाठ्यक्रमल नै सहज बनाएको छ । अस्थायी शिक्षकलाई उसले पढाउने विषयका आधारमा व्यवस्था गरिएको छ भने खुला प्रतिस्पर्धाबाट शिक्षक हुन चाहनेलाई विषयगत ज्ञानबाहेक पाठ्यक्रम, शिक्षण विधि एवम् प्रविधिबाट प्रश्न सोध्ने पाठ्यक्रम बनाइएको छ ।
अस्थायी शिक्षकलाइ सहजै स्थायी गराउने ४० नम्बरको वस्तुगतर ६० नम्बरको विषयगत ज्ञानको प्रश्न सोधिनेछ । तर खुला प्रतिस्पर्धीलाई २० नम्बरको मात्रै वस्तुगत प्रश्न सोधिनेछ ।
कान्तिपुर दैनिकबाट

 

विशेष