News

नेता फकाउन गएका गच्छदार आफैँ रोए

नेता फकाउन गएका गच्छदार आफैँ रोए

सुनसरी । मनोनयन दर्ता गर्ने वेलासम्म नेता महेश वास्तोलालाई टिकट दिएका गच्छदारले क्षेत्र नम्वर ३ प्रदेश सभाको टिकट कुमार थापालाई दिएपछि रुष्ट वनेका नेता तथा कार्यकर्ता फकाउन महेशका घर पुगेका विजय गच्छदार आफैँ रोएका छन् ।

नेपाली कांग्रेसका नेता महेश वास्तोलाले पाएको टिकट खोसेर अर्कोलाई दिए पछि कांग्रेस नेता गच्छदार वास्तोला परिवारलाई फकाउँन आईतबार उनकै घरमा पुगेका थिए ।

वास्तोलालाई टिकट पाउँनु भो भने पछि मनोनयन दर्ता गर्ने गत १६ गते इनरुवा पुगेका महेशको टिकट निर्वाचन कार्यलयमै खोसिएको थियो । तर वास्तोलाले थापा विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

घरमै पुगेका गच्छदारलाई महेशको आमाले मेरो छोराको टिकट खोसिदिनु भएछ भने पछि गच्छदार रुँदै वाध्यातामा परे आमा भने । उनले भने, ‘अब म तपाईको छोरालाई ठुलो नेता बनाउँछु । आमा म पनि त तपाईकै छोरा हुँ नी ।’

गच्छदारले आमालाई सम्झाउँदै विगतको कुरा गरे पछि मात्र आमाले भनिन्, ‘तिमी पनि यो देशको प्रधानमन्त्री हुनु महेशलाई पनि ठुलो मान्छे बनाउँनु ।’

वास्तोलाका परिवारले गच्छदारलाई यसपाली महेशलाई ठुलै धोका भएको भन्दै गुनासो गरेका थिए ।

यता नेता महेश वास्तोलाले भने आफुलाई अन्याय हँुदा हुँदै पनि आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताए । ‘पार्टीले गरेको निर्णयलाई मान्नै पर्यो, के गर्नु’, उनले भने । आफू पार्टीका उम्मेदवारलाई जिताउन लागी पर्ने भन्दै आईतबार नै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर ३ मा विजय गच्छदार र भगवती चौधरीको प्रतिनिधि सभामा भिडन्त हुने भएको छ ।

Bijaya Gachhadar

विशेष