News

निर्वाचन आयोगमा काज जान कर्मचारीहरु मरिहत्ते गर्दै

निर्वाचन आयोगमा काज जान कर्मचारीहरु मरिहत्ते गर्दै

काठमाडौं। निजामति कर्मचारीका लागि सरकारी अड्डामा सबैभन्दा आकर्षक ठाउँ निर्वाचन आयोग बन्न पुगेको छ ।

निर्वाचन आयोगमा काजमा काम गर्नका लागि भन्दै आउने कर्मचारीको चाप थेगिनसक्नु छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण यो वर्ष मुलुक निर्वाचनमय बनेको छ । यस्तो अवस्थालाई कर्मचारीले राम्रै सदुपयोग गरिरहेका छन् ।

दुर्गम जिल्लामा निर्वाचनमा खटिनुभन्दा केन्द्रमै पनि त्यस्तो मौका पाइने भएकाले कर्मचारी आयोगमा काजमा जान मरिहत्ते गरिरहेका हुन् ।

निर्वाचन आयोगमा जम्मा १ सय ६७ जना कर्मचारीको दरवन्दी छ तर यसका अतिरिक्त ५० जना कर्मचारी काजमा काम गरिरहेका छन् । काजमा काम गर्न पाउँ भन्दै आउने कर्मचारीको चाप थेग्न नसकेर आयोगले अहिले निवेदन लिन बन्द गरेको छ ।

काजमा खटिने निर्वाचन अधिकृत र कर्मचारीले १२१ प्रतिशत भत्ता प्राप्त गर्छन् । त्यस्तै, दैनिक खाना र खाजा खर्च भनेर अधिकृतस्तरकाले सात सय र कर्मचारीको हकमा पाँच सय रुपैयाँ थप रकम पाउँछन् ।

अन्नपूर्ण पोस्ट

विशेष