विदेश

यमनले हानेको खतरनाक मिसाइल साउदीले खसाल्यो

यमनले हानेको खतरनाक मिसाइल साउदीले खसाल्यो

काठमाडौं । शनिबार राति साउदी अरबको राजधानी रियाद नजिकै विस्फोटको आवाज सुनिएको छ । सञ्चार माध्यमहरुले जनाए अनुसार यमनले प्रहार गरेको मिसाइल साउदीले झारिदिएको छ ।

साउदी सञ्चार माध्यम अल–अरेबियाले साउदी वायु सेनालाई उद्धृत गर्दै मिसाइल राजधानीको उत्तर–पूर्वी क्षेत्रमा खसालेको जनाएको छ ।

यमनको हूती विद्रोहीसँग सम्बन्धित एउटा च्यानलले यो मिसाइल किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी प्रहार गरिएको थियो । साउदी सरकारी सञ्चार माध्यम अल–अखबरियाले भने मिसाइल सानो भएको र यसबाट कुनै क्षति नभएको जनाएको छ ।

यमनमा राष्ट्रपति अब्दराब्बुह मंसूर हादीको सरकार र हूती विद्रोहीबीच लामोसमयदेखि युद्ध चलिरहेको छ । साउदी अरबले हूती विद्रोहीलाई परास्त गर्ने अभियानको अगुवाई गरिरहेको छ । सन् २०१५ देखि साउदीले यो विद्रोही संगठनविरुद्ध हवाई कारबाही गरिरहेका अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी भएको थियो ।
साउदीको अरबको नेतृत्वमा कारबाही सुरु भए यता अहिलेसम्म यमनमा ८ हजार ६ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने ५० हजारभन्दा बढी घाइते भएका छन् ।

विशेष