News

प्रचण्डको बुहारी मात्रै होइनन् मेरी बीना– प्रकाश

प्रचण्डको बुहारी मात्रै होइनन् मेरी बीना– प्रकाश

काठमाडौं । प्रचण्डपुत्र प्रकाशले आफ्नी पत्नी बीना मगरले प्रतिनिधि सभाका लागि टिकट पाउँदा प्रचण्डले आफ्नैलाई मात्रै टिकट बाँडेको भनेर भएको चर्चा बारे मुख खोलेका छन् । उनले सामाजिक सञ्जाल फेसबकुमा लेखेका छन्–

‘एउटा कुरा ब्यापक के देखियो भने माओवादीभित्र आफ्नो छोरा बुहारीलाई सांसद र पदको लागि समानुपातिक र प्रत्यक्ष भनेर व्यापक मिडियाबाजी र संजाल रंगाएको पाईयो । म कुनै पदको लागि प्रतिस्पर्धामा लागेको छैन । ०५७ सालमै पढाई छोडेर जनमुक्ति सेनामा जाने भनेर लागेको र तत्कालीन स्थायी कमिटिको बैठक मुख्यतः स्थायी कमिटी सदस्य र मेरो बुवापछिको अभिभावक पोष्टबहादुर बोगटीकै निर्देशन अनुसार ‘जहाँ बसेर पनि पार्टी र नेतृत्वकै रक्षाको लागि लाग्ने र तिम्रो अनुभव कम्प्युटर र भाषामा छ । त्यही काम गर्नू’ भन्नुभयो ।

मुख्य नेतृत्व कहिले प्रवास कहिले नेपाल हुने हुँदा अध्यक्षकै सचिवालयमा बसेर काम गर्नु पर्ने भनिसके पछि अध्यक्षको सचिवालयमा बसेको थिए । त्यति बेलादेखि जतिबेला म ११ कक्षा पास भएको थिए । अहिलेसम्म परिवार व्यक्तिगत स्वार्थ केहि खोजिएन । हो बीचमा मेरो केही प्राविधिक कमजोरी भयो र पार्टी बिधान अनुसार मैले सबै कारबाही ब्यहोरेँ  अन्यथा केहि छैन । बाँंकी दिनमा पनि पार्टीबाट अपेक्षा केही छैन जति सकिन्छ सहयोग गर्ने नै हो । म त्यो दौडमा छैन ।

अर्को जुन प्रकारले बिना मगरलाई प्रचण्डको बुहारीमा मात्र सिमित गर्ने प्रयत्न गरिन्छ त्यो सरासर गलत हो जस्तो लाग्छ । र त्यो चित्रण गर्न खोज्नेलाई विगत फर्केर हेर्न अनुरोध गर्न पनि मन लाग्छ । के ०५४–०५५ सालदेखि यो पार्टीमा लाग्नु गलत थियो रु के २७ महिना सेनाको कब्जामा बसेर बेपत्ता हुनु उनको रहर थियो रु वान्टेड लिष्टमै हुनु प्रचण्ड परिवार भित्र भएको हुँदा हो रु के स्ववियू सभापति प्रचण्डको परिवार भएको हुँंदा बनाईएको थियो रु बीना मगर आफैमा स्थापित छिन र ०५४ सालदेखि जो अहिले बिभिन्न कालखण्डमा उमेद्वार छन् उनीहरु १–२ कक्षामा पढ्थे होलान् ।

उनको इतिहास जो प्रचण्ड परिवारसँंग जोडिनु भन्दा २ दशक पहिलादेखि कायम थियो त्यसलाई नजरअन्दाज नगरियोस् । म प्रचण्डको छोराकै नाताले भन्नु पर्दा बिना मगरको राजनैतिक जीवन प्रचण्ड जोडिँदा र प्रचण्ड परिवार जोडिदा उनलाई घाटा भएको छ । उनको इतिहासको नजरअन्दाज गरिएको छ । परिवार–परिवार भनेर सबैलाई एउटै आंखाबाट नहेरौं ।’

विशेष