विदेश

आफ्नो ज्यानको खतरा रहेको भन्दै लेबनानका प्रधानमन्त्रीले साउदी पुगेर दिए राजिनामा

आफ्नो ज्यानको खतरा रहेको भन्दै लेबनानका प्रधानमन्त्रीले साउदी पुगेर दिए राजिनामा

काठमाडौं । लेबनानी प्रधानमन्त्री सायद हरीरीले मुलुकमा इरानको ‘हस्तक्षेप’ र आफ्नो जीवनमा नै खतरा रहेको कारण देखाउँदै शनिबार राजिनामा दिएको घोषणा गरेका छन् ।

‘म लेबनानको प्रधानमन्त्रीको पदबाट राजिनामा दिएको छु’, साउदी अरबको अल अरेबीया समाचार सञ्जालमार्फत गरिएको राजिनामा सम्बोधनमा भनिएको छ।

‘मेरो जीवनमा खतरा निम्ताउने षड्यन्त्र भएको महसुस भएपछि मैले राजिनामा दिएको छु,’ दुई पटक लेवनानको प्रधानमन्त्रीमा निर्वाचित हरीरीले दोहोर्याए । हरीरीका पिता रफिकको पनि प्रधानमन्त्री नै रहेको समयमा सन् २००५ मा हत्या गरिएको थियो।

रफिकको हत्यामा इरान तथा लेवनानीे सिया समूह हेजबुल्लाहको सम्लग्नता रहेको बताइदै आएको छ।

विशेष