News

प्रदेश सभाको चुनाव लड्दै यी कलाकार

प्रदेश सभाको चुनाव लड्दै यी कलाकार

काठमाडौं । कलाकार रमेश जटाल प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) को तर्फबाट मकवानपुर जिल्लाको क्षेत्र नं। १ बाट उनी उम्मेदवार बनेका हुन् ।

राजपाको मकवानपुर जिल्ला अध्यक्षसमेत रहेका जटाल २०७४ साल अघि स्वतन्त्र थिए । जिल्लामा उनको बढ्दो लोकप्रियता, उनीप्रति सबै वर्ग, समूहको आकर्षण, जिल्लाको विकासमा अहोरात खट्ने तथा स्थानिय स्तरदेखि केन्द्रसम्म उनको राम्रो पहुँच भएकाले राजपाले उनलाई जिल्ला अध्यक्ष बनायो । अन्ततः राजपाले आगामी प्रदेश सभाको निर्वाचनका निम्ति उनलाई उम्मेदवारको टिकट सम्म दियो । मुलुकको विकासको निम्ति व्यक्तिले चाहेर पनि केही गर्न नसकिने तर राजनीतिबाट सम्भव भएकाले स्वच्छ तन, मन लिएर चुनावी मैदानमा उत्रिएको जटालले बताए । त्यस्तै उनले देशको सेवामा स्वच्छ तन, मन लिएर चुनावी मैदानमा उत्रिएकाले जनताले आफूलाई अत्याधिक मतले विजयी गराउने र राष्ट्र सेवाको स्वर्गीम ढोका खोलीदिने कुरामा आफू ढुक्क रहेको उनले बताए ।

सामान्य परिवारका जटाल को अक्षर शुभारम्भ स्थानिय श्री त्रिभुवन निमाविबाट भयो र त्यहीँबाट उनले विस २०६० सालमा प्रवेशीका परिक्षा उत्रिर्ण गरे । बिद्यार्थी जीवनमा उनी बिद्यालयका हरेक कार्यक्रममा भाग लिन्थे । पुरस्कार पनि जित्थे । तर, उनी सानैदेखि फूटवलका सौखिन थिए । बिद्यार्थी जीवनमा फूटवल खेलेर उनले जिल्लामा ठुलो नाम र चर्चा कमाए । तर, समय बित्दै जाँदा उनको यात्रा कलाकारीतातर्फ मोडियो । प्रवेशीका परिक्षा उत्रिर्ण गरेसँगै उनी २०६० सालमा उच्च शिक्षा हाँसिल गर्न काठमाण्डौँ प्रवेश गरे । काठमाण्डौँ आएपछि उनी पशुपति कलेजमा भर्ना भए ।

उच्च शिक्षा अध्ययनसँगै उनी मोडलिङमा लागे । त्यसपछि उनमा कलाकारीताको मोह बढ्दै गयो । अध्ययनसँगै उनी निरन्तर कलाकारीतामा लागे । हालसम्म उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने चम्पा चमेली, बाध्यता जिन्दगी, रक्तिम क्रान्तिजस्ता फिल्ममा उनले सशक्त अभिनय गरेका छन् । कलाकार जटालले आगामी दिनमा पनि कलाकारीतासँगै राजनीतिक यात्रालाई पनि सँगै लैजाने बताएका छन् । जिल्लाको शिक्षा, स्वास्थ्य, यातायात, उद्योग, खानेपानीजस्ता विकासका पूर्वाधारहरु दयानिय रहेकाले यस्ता विकासका पूर्वाधारहरु व्यक्तिले निर्माण गर्न असम्भव रहेकाले राजनीतिमा होमिएको उनले बताए ।

विशेष