अमेरिकामा हतियार समस्या होइन : राष्ट्रपति ट्रम्प
टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार समस्या नरहेकाे बताएका छन् ।
टेक्सासमा आइतबार बिहान भएको गोलीकाण्डपछि प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । उनले भने– "यो गोलीकाण्डमा हतियारको समस्या होइन अमेरिकी नागरिकमा रहेको मानसिक स्वास्थ्य प्रमुख समस्या हो । हाम्रो देशमा मानसिक स्वास्थ्यको ठूलो समस्या छ, यस्तो गोलीकाण्डमा पनि हतियार होइन कि मानसिक स्वास्थ्य प्रमुख समस्या हो ।"
उनले मानसिक रोगीहरुले नै अमेरिकामा गोली चलाउने र सर्वसाधारणको हत्या गर्ने गरेको बताए । यसअघि पनि उनले हतियारमात्र अमेरिकाको समस्या हो भन्नु गलत हुने धारणा राखेका थिए ।
प्राप्त समाचारअनुसार अमेरिकाको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको बताइएको छ । ्
यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक नंरसहार भनिएको छ । उक्त दुर्घटनामा २६ जना मारिएका छन् भने अरु २० जना नराम्रारी घाइते भएका बताइएको छ ।
आइतबार बिहान एकजना अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो । उक्त हत्यापछि सो बन्दुकधारीको पनि मृत्यु भएको छ । तर उसको पहिचान भने भएको छैन ।
Donald Trump