News

दुई युवकमाथि मुद्दा दायर

दुई युवकमाथि मुद्दा दायर

वीरगन्ज । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा दायर गरेको छ । 

सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाका वडाध्यक्ष जुमाद्दीन अन्सारीका २२ वर्षीय छोरा मुखता मियाँ र उनका साथी अन्सारी मियां माथि प्रहरीले जबरजस्ती करणी मुद्दा दायर गरेको हो । सोहि ठाउँ बस्ने एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप उनीहरुमाथि लागेको छ । 

वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी पीडित युवतीको बयानका अधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी सो मुद्दा दायर गरेको हो । 

शुरुमा प्रहरीले राजनीतिक दबाबका कारण ती युवकमाथि मुद्दा दायर गर्न नमानेपछि चारैतिर प्रहरीमाथि दबाब आएपछि सो मुद्दा दायर गरेको पीडित पक्षको भनाइ छ । 

सो घटनामा संलगन अलिआलम रुस्तम र हरिशंकर दास तत्मा फरार रहेकोले प्रहरीले उनीहरुलाई खोजी गरिरहेका छन् । यही कात्तिक १२ गते उखुबारीमा घाँस काट्न गएका बेला मोटरसाइकलमा आएका ती युवकले युवतीलाई सामूहिक बलात्कार गरेको बताइएको छ । 

rape case

विशेष