News

सिन्धुलीमा जीप दुर्घटना ४ को मृत्यु ७ घाइते

सिन्धुलीमा जीप दुर्घटना ४ को मृत्यु ७ घाइते


काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका ४ टर्किबेशीमा गएराती बलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । गएराती ९ बजे सिन्धुलीको खुर्कोटबाट खाङसाङ बेशीतर्फ जाँदै गरेको बा ७ च ३६ ९५ नम्बरको बलेरो टर्किबेशीको उकालो चढ्न नसक्दा ब्याक भएर सडकबाट अन्दाजी १ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बलेरोमा सवार स्थानीय ४० वर्षीय अमर बहादुर दर्लामी र ४० वर्षकै राम प्रसाद बरालको घटनास्थलमै मृत्यु हो । दुर्घटनामा घाइते भएका फिक्कल गाउँपालिका ४ कै ५९ वर्षीय दिप बहादुर मगर र ६० वर्षीय नर बहादुर बलमपाखीको भने उपचारको क्रममा खुर्कोटमा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइते मध्ये १ जनालाई बि एण्ड बि अस्पताल ललितपुर ल्याइएको छ भने ६ जनाको स्थानीय शुभजीवन अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भैरहेको पनि सिन्धुली प्रहरीले जनाएको छ ।

विशेष