News

पूर्वराष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिने अल्टिमेटम

पूर्वराष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिने अल्टिमेटम

काठमाडौं ।  पूर्वराष्ट्रपति रामवरण यादवलाई १५ दिनभित्र घर खाली गर्न सार्वजनिक सूचना जारी भएको छ।

ललितपुर महानगरपालिका-४ बागडोलमा बस्दै आएका यादवलाई घरधनी रविभक्त विष्टले घर खाली गरिदिन आज राष्ट्रिय दैनकिमा सूचना प्रकाशित गरेका हुन्।

गत साउन १ गतेदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण नगरेको जनाउँदै १५ दिनभित्र घर छोड्न उनले अल्टिमेटम दिएका हुन् ।

आफ्नो घर बहाल र बिजुली महसुलसमेत नतिरी जबरजस्ती बस्नेरबसाउने कार्य भइरहेको उल्लेख गर्दै उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको बताएका छन्।

उनले १५ दिनभित्र हालसम्मको बहाल र बिजुली महसुल भुक्तानी गरी घर खाली नगरे कानुनी कारबाहीतिर अघि बढ्नेसमेत उल्लेख गरेका छन्।

पूर्वराष्ट्रपति डा यादव २०७२ कात्तिक १२ देखि सो घरमा बस्दै आएका छन्।

 

विशेष