News

बर्दीयामा चार किशोरीसहित होटल धनी पक्राउ

बर्दीयामा चार किशोरीसहित होटल धनी पक्राउ

बर्दीया । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार राति चार किशोरीसहित होटल धनीलाई पक्राउ गरेको छ । प्रहरीले बारबर्दिया ९ बैदीस्थित अजय कटेजमा यौनजन्य क्रियाकलाप भएको जानकारी पाउनासाथ छापा मारेको थियो ।

प्रहरी उपरीक्षक जनक भट्टराईले होटल साहु जगराम थारूलगायत ४ यौनकर्मीलाई पक्राउ गरेको बताए । पक्राउ परेका सबै १४ वर्षका छन् । यौन क्रिया गरेका युवकहरू प्रहरी आउनासाथ फरार भएका छन् । पक्राउ परेकामाथि सार्वजनिक अपराधअन्तर्गत मुद्दा दायर गरिएको प्रउ भट्टराईले बताए ।

 

 

विशेष