News

पूर्व राष्ट्रपतिको घरभाडा विवाद फेरि बल्झियो, पत्रिकामै सूचना आएपछि खैलाबैला

पूर्व राष्ट्रपतिको घरभाडा विवाद फेरि बल्झियो, पत्रिकामै सूचना आएपछि खैलाबैला


काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई राज्यका तर्फबाट दिने सेवा सुुविधाको विषयलाई लिएर हुने गरेको चर्चामा फेरि घरभाडाको विषय उठान भएको छ ।

ललितपुरको बागडोलस्थित पूर्वराष्ट्रपति यादव बस्दै आएको घरका घरधनी रविभक्त विष्टले २०७४ साउन १ देखि हालसम्म बाँकी घर बहाल, बिजुलीको शुल्क तिरेर १५ दिनभित्र घर खाली गर्न राष्ट्रिय सञ्चार माध्यममा सूचना प्रकाशित गरेपछि यस विषयले पुनः चर्चा पाएको हो ।

प्रकाशित सूचनामा घरधनी विष्टले २०७४ साउन १ देखि घर बहाल सम्झौता समेत नगरी जबरजस्ती पूर्वराष्ट्रपतिलाई बसाएको उल्लेख छ ।

आजको गोरखापत्रमा खबर छ ।

विशेष