विदेश

टेक्सास घटना : सासु र श्रीमतीसँगको झगडा मुख्य कारण

टेक्सास घटना : सासु र श्रीमतीसँगको झगडा मुख्य कारण


वासिंटन । अमेरिकाको टेक्सासस्थित एक चर्चमा अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गर्ने डेविन प्याट्रिक केलीले गोली चलाउनुअघि सासुसँग झगडा परेको तथ्य प्रकाशमा आएको छ ।

प्याट्रिकले रंगभेदी मनसाय वा धार्मिक कारणले गोली नचलाएको स्थानीय अधिकारीको दावी छ । पारिवारिक कारणले चर्चमा गोली चलाएको खुलेको स्थानीय अधिकारी बताउँछन् ।

परिवार तथा उनको श्रीमतीको परिवारसँग विवाद भएकाले उनले गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्याट्रिककी सासु मिसेली स्चिएल्डस पनि गोलीकाण्डका समयमा सोही चर्चमा उपस्थित थिइन् ।

प्याट्रिककी आमा लुका ह्वाइट पनि गोली लागेर मारिएकी छिन् । आइतबार बिहान प्याट्रिकले अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गरेका थिए । मारिनेमा आधाजसो बालबालिका भएको घटनामा अरु २४ जना घाइते भएका छन् ।

नियमित प्रार्थनाका लागि मानिस भेला भएका बेला उनले टेक्सासको विल्सन काउन्टीस्थित चर्चमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । प्याट्रिक पनि जवाफी कारवाहीमा मारिएका थिए ।

गाडीमा चढेर भाग्दै गर्दा उनी प्रहरी कारवाहीमा मारिएका हुन् । अमेरिकामा पछिल्लो समय यस्ता घटना बढ्दै गएका छन् ।

विशेष