News

सुरक्षा प्रदान गर्न गृहसचिवको निर्देशन

सुरक्षा प्रदान गर्न गृहसचिवको निर्देशन

काठमाडौँ । गृहसचिव मोहनकृष्ण सापकोटाले सरकारको नीतिअनुसार सुरक्षा प्रदान गर्ने कार्यमा लाग्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालको सोमबार अवलोकनका क्रममा सापकोटाले संघीयतालगायत बदलिँदो परिस्थितिमा परिवर्तनलाई आत्मसात् गर्दै नीतिगत सुधार, ऐनकानून परिमार्जन, क्षमता विकास, साधनस्रोत व्यवस्थापन गर्दै सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रहरी सेवालाई अझै बढी सशक्त बनाउन नेपाल प्रहरीका रचनात्मक सुझाव कार्यान्वयन गर्न संयन्त्र बनाई समस्या समाधान गरिने बताए । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरीको संरचना, मानवस्रोत व्यवस्थापन, प्रहरी इकाईगत सञ्जाल, कार्यगत समूह, प्रहरी तालीमको स्थिति तथा कार्ययोजनाबारे जानकारी गराए ।

नेपाल प्रहरीमा स्वास्थ्य र कल्याण, संगठन सुधारमा वैदेशिक सहयोग, संघीयतामा प्रहरीको रुपान्तरण व्यवस्थापन, संगठन पुनःसंरचना, थप दरबन्दी प्रस्ताव, साधन स्रोतको आवश्यकता, सुरक्षा अवधारणाबारे जानकारी गराउँदै प्रहरी संगठनले गृह मन्त्रालयसँग राखेको अपेक्षासमेत प्रस्तुत गरे ।

विशेष