विदेश

अमेरिकालाई कमजोर नठान्न उत्तर कोरियालाई ट्रम्पको चेतावनी

अमेरिकालाई कमजोर नठान्न उत्तर कोरियालाई ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई कमजोर नठान्न र नआंट्न उत्तर कोरियालाई चेतावनी दिएका छन् ।

एसिया भ्रमणका क्रममा दक्षिण कोरिया पुगेका ट्रम्पले दक्षिण कोरियाको संसदमा सम्बोधन गर्दै उत्तर कोरियालाई यस्तो चेतावनी दिएका हुन् । सम्बोधनकै क्रममा उनले उत्तर कोरियाका राष्ट्रपति किम जोन उनलाई इंगित गर्दै ‘उत्तर कोरियाको हतियार उत्तर कोरियाकै लागि घातक’ हुने बताए ।

ट्रम्पले कोरियाको युद्ध्पछि दक्षिण कोरियाले उपलब्धिहरुको प्रशंसा समेत गरे । उनले उत्तर कोरियालाई सैन्य पूँजीद्धारा दक्षिण कोरियाले बिजय प्राप्त गरेको धारणा ब्यक्त गरे ।

उत्तर कोरियाप्रति आक्रोशित रहेका ट्रम्पले उसको परमाणु कार्यक्रमले बिश्व जगतलाई तनाव दिएको भन्दै सचेत समेत तुल्याए । सम्बोधनका अधिकांश समय ट्रम्पले उत्तर कोरियालाई गाली गर्नमा खर्चिए ।

जापानबाट एसिया भ्रमण सुरु गरेका ट्रम्प दक्षिण कोरियापछी चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्नेछन् । 

विशेष