News

भक्तपुरमा ट्याक्सीभित्र फेला पर्‍यो शव

भक्तपुरमा ट्याक्सीभित्र फेला पर्‍यो शव

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको मनोहरा जग्गा प्लानिङमा ट्याक्सीभित्र आज एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

बा १ ज १०४० नम्बरको ट्याक्सीमा अन्दाजी ४० वर्षका पुरुषको शव ट्याक्सीको पछाडि सिटमा राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त, थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

प्लानिङको बीच एकान्तमा ढुंगा तथा इँटाले टाउको र मुखमा आक्रमण गरी चिन्नै नसक्ने अवस्थामा हत्या गरेको पाइएको हो। मृतकको पहिचान हुन नसकेको उनले जानकारी दिए।

प्रहरीले घटनास्थललाई घेराबन्दीमा राखेर अनुसन्धान सुरु गरेको छ। भक्तपुर प्रहरी, अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसहितले अनुसन्धान सुरु गरी घटनामा संलग्नको खोजी एवं मृतकको पहिचान गर्ने पहल भइरहेको महर्जनले बताए।

विशेष