विदेश

ट्रम्प आइपुगे चीन, यस्तो छ तालिका

ट्रम्प आइपुगे चीन, यस्तो छ तालिका


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन आइपुेका छन् । आज मध्यान्ह विशेष विमान मार्फत ट्रम्प चीनको राजधानी बेइजिङ पुगेका हुन् ।
चीनको राजकीय भ्रमणका क्रममा दक्षिण कोरियाबाट चीन पुगेका हुन् ।

गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक चीन भ्रमणमा आएका हुन् । दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुन् ।

यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा छन् ।

विशेष