News

देशको विकासका लागि गठबन्धनको विकल्प छैन : नेता नेम्वाङ

देशको विकासका लागि गठबन्धनको विकल्प छैन : नेता नेम्वाङ

इलाम । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले देश विकासका लागि वाम गठबन्धनको विकल्प नभएको बताएका छन् ।

वाम गठबन्धनद्वारा इलाम नगरपालिका–९ मा आज आयोजित चुनावी सभामा उनले मुलुकमा कम्युनिष्टले जितेर अधिनायकवाद ल्याउँछन् भनेर विपक्षी दलका नेताहरुको अभिव्यक्ति दुःखदायी भएको धारणा व्यक्त गरे । 

इलाम क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका पूर्वसभामुख नेम्वाङले यस्ता खालका अभिव्यक्तिले विपक्षीलाई नै असर पुग्ने बताउँदै मुलुकको दिगो विकास र समृद्धिका लागि अब गठबन्धनका उम्मेदवारलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए ।

“यो गठबन्धन केवल निर्वाचनका लागि मात्र होइन्, हाम्रो विचार र सिद्धान्त मिल्छ, त्यसैले निर्वाचनपछि दीर्घकालसम्म एकताबद्ध भएर देशलाई अग्रगति दिनका लागि भएको हो,” उनले भने – “निर्वाचनपछि सिङ्गो इलामलाई पहाडी जिल्लाका नमूनाका रूपमा अघि बढाइने छ ।” 

एमालेका ज्ञानु दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेशसभा क्षेत्र नं २ (क) का उम्मेदवार राम रानाले स्थिर सरकार, लोकतान्त्रिक विकासको परिकल्पना वाम गठबन्धनको मुख्य उद्देश्य रहेको स्पष्ट पारे । 

subash chandra nembang

विशेष