एअर पेस्तोलसहित एक पक्राउ

नेपालगन्ज । भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिलाई आज एअर पेस्तोल र त्यसमा प्रयोग हुने ४५ वटा गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको नेपाल–भारत सीमा नाकास्थित इलाका प्रहरी चौकी जमुनहाले जाँच गर्ने क्रममा सल्यान थारमारे नगरपालिका–७ का रमेश योगीको साथबाट सो पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच, सोही नाका भएर नेपाल प्रवेश गरेका बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–२ का २४ वर्षीय दिलीप रोकाबाट प्रहरीले लागुऔषध ‘निटराभेट’ बरामद गरेको छ ।
pestol