News

आचारसंहिता विपरित विदेश भ्रमणमा

आचारसंहिता विपरित विदेश भ्रमणमा


ललितपुर । निर्वाचन आचारसंसहिताविपरीत ललितपुर महानगरपालिकाका दुई वरिष्ठ कर्मचारी विदेश भ्रमणमा गएका छन् ।

निर्वाचन आयोगको स्वीकृतिबिना महानगरका कार्यकारी अधिकृत हरिप्रसाद दाहाल र नक्शा महाशाखा प्रमुख रुद्रप्रसाद गौतम श्रीलंका गएका हुन् ।

निर्वाचन आचासंहिता लागू भइसकेको अवस्थामा कुनै पनि सरकारी कर्मचारी विदेश भ्रमणमा जाँदा निर्वाचन आयोगबाट स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ ।

कान्तिपुर

विशेष