विदेश

महिलालाई दुर्व्यवहार आरोपमा मन्त्रीपदबाट राजीनामा दिएका नेता मृत भेटिए

महिलालाई दुर्व्यवहार आरोपमा मन्त्रीपदबाट  राजीनामा दिएका नेता मृत भेटिए


लण्डन । वेल्स सरकारमा रहेकै समय दुर्व्यवहार आरोप लागि केही दिन पहिले पदबाट राजीनामा दिएका बेलायती नेता कार्ल्स सर्जन्ट मृत अवस्थामा भेटिएका छन्।

महिलामाथि दुर्व्यवहार आरोप लागेपछि केही दिनपहिले उनले वेल्स सरकारको मन्त्रीबाट राजीनामा दिएका थिए। सर्जन्टले आत्महत्या गरेको हुन सक्ने बताइएको छ।

सर्जन्टले नोभेम्बर ३ मा मन्त्रीबाट राजीनामा दिएका थिए। सरकारबाट राजीनामा गरेपछि उनको दल लेबर पार्टीले पार्टीबाट पनि निलम्बन गरेको थियो।

विशेष