News

बालुवामा भासिएको अवस्थामा सेनाका जवान फेला, हत्या प्रयास हुन सक्ने प्रहरी आशंका

बालुवामा भासिएको अवस्थामा सेनाका जवान फेला, हत्या प्रयास हुन सक्ने प्रहरी आशंका

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ स्थित जंगलमा बुधबार साँझ नेपाली सेनाका एक जवान बेहोस अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलका अनुसार गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा सर्लाही जिल्लाको नवलपुरस्थित पाँचकुमारी नेपाली सेना ब्यारेकमा कार्यरत एक जवान बेहोस अवस्थामा फेला परेका हुन्।

महोत्तरीको बेलगाछी–८ भन्टाटाबारी घर भएका २५ वर्षीय नेपाली सेनाका जवान विजयकुमार महतो बेहोस अवस्थामा फेला परेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए।

केही बोल्न नसक्ने गरी बेहोस भएका जवान महतोलाई प्रहरीले बर्दिबासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पठाएको छ।

शुक्रबार आफू कार्यरत ब्यारेकबाट दुई दिनको छुट्टीमा घर आएका जवान महतो आइतबार बिहान खाना खाएपछि ब्यारेक फर्किन सकेका थिएनन् ।

मंगलबार उनी कार्यरत ब्यारेकबाट फिर्ता नआएको भन्दै परिवारजनलाई खबर भएपछि परिवारले मंगलबार बेलुका नै इलाका प्रहरी कार्यालय, गौशालामा हिँडिसकेको खबर गरेका थिए। मंगलबार रातिदेखि जवान महतोको खोजीमा परिवारजन, छिमेकी र प्रहरीसहितको टोली जंगलमा

तर प्रहरी सहितको टोलीले बुधबार अबेर साँझ मात्रै जवान महतोलाई गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको एक खोल्साको बालुवामा भासिएर बेहोस अवस्थामा फेला पारेको प्रहरी निरीक्षक पोखरेलले बताए।

जवान महतोको कसैले कुटपिट गरी हत्या गर्ने प्रयास गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

विशेष