News

पर्यटक उम्मेदवार भनेपछि आरजुले किनिन् तीन करोडमा घर

पर्यटक उम्मेदवार भनेपछि आरजुले किनिन् तीन करोडमा घर


काठमाडौ । कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राण देउवाले धनगढीमा नयाँ घर किनेकी छन् ।

निर्वाचन प्रचारका क्रममा विपक्षीले पर्यटक उम्मेदवार भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर किनेकी हुन् ।

तीन कठ्ठा तीन धुर क्षेत्रफलमा बनेको दुई तलाको घर खरिदका लागि उनले आधा रकम बैना गरिसकेको खुलेको छ । यति मात्र होइनी नयाँ घरमा बुधबारदेखि बस्न पनि थालेकी छन् ।

स्थानीय शारदा हमालको नाममा रहेको जग्गासहित ६ हजार ५ सय बर्गफिटको घर झन्डै तीन करोड रुपैयाँमा खरिद गरेको जनाइएको छ । हमालले तीन वर्षयता घर विक्रीमा राखेकी थिइन् ।

आरजू कात्तिक १४ गते धनगढी आएकी थिइन् । त्यसलगत्तै उनले निर्वाचन प्रचार थालेकी थिइन् । उनले धेरै कार्यक्रममा ‘माइतीले कन्यादान गरेर सुदूरपश्चिम दिएको’ उल्लेख गर्दै आफू सुदूरपश्चिमकी बुहारी भएको बताएकी थिइन् ।

आजको अन्नपूर्णमा खबर छ ।

विशेष