विदेश

सन् २०१७ सबैभन्दा गर्मी वर्ष

सन् २०१७  सबैभन्दा गर्मी वर्ष

काठमाडौं । सन् २०१७, अहिलेसम्म सबै भन्दा बढी गर्मी भएका तीनवटा वर्षमध्येमा पर्ने भएको छ ।

संंयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी सम्मेलनमा विश्व मौसम सम्बन्धी निकाय वल्र्ड मेटीयोरोलोजिकल अर्गनाइजेन डब्लुएमओका अनुसन्धानकर्ताले प्रस्तुत गरेको जलवायु परिवर्तनको वार्षिक प्रतिवेदनको प्रारम्भिक तथ्याङ्कले यस्तो देखाएको हो ।

सो प्रतिवेदन गत साता सार्वजनिक गरिएको हरितगृह ग्याँससम्बन्धी अध्ययनपछि आएको हो, जसअनुसार पृथ्वीको वायुमण्डलको तापक्रम बढाउने हरितगृह ग्याँस मध्ये पर्ने कार्बन डाईअक्साइडको स्तर सम्बन्धि आँकडा राख्न थालिए यताकै उच्च पाइएको छ ।

सो प्रतिवेदनले २०१७ को जनवरी देखि सेप्टेम्बर महिनासम्मको अध्ययनलाई मात्र समेटेको छ । वैज्ञानिक विश्लेषणका अनुसार सन् २०१७, सन् १९८१ देखि २०१० का वर्षहरुको औसत तापमान भन्दा ०।४७ डिग्री सेल्सियसले तातो हुने देखिएको हो । यो वर्ष विश्वभर देखिएका कतिपय असामान्य मौसमी अवस्थाहरुले जलवायु परिवर्तन गराएको वैज्ञानिक विश्लेषण छ । पछिल्लो समय केही मुलुकमा आएको सामुन्द्रिक आँधी, उच्च तापक्रम र खडेरी जस्ता मौसमी अवस्था र मानविय गतिविधीका कारण यस्तो परिणाम आएको डब्लुएमओले जनाएको छ ।

अमेरिकामा आएका शक्तिशाली क्याटगोरी फोरका सामुन्द्रिक आँधी साथै अफ्रिकी मुलुक सियारा लियोन अनि दक्षिण एसियाली राष्ट्रहरु नेपालसहित भारत र बंगलादेश तथा दक्षिण अमेरिकी राष्ट्र पेरु लगायत अन्य देशमा आएका बाढी पहिरो लगायतका कारणलाई पनि असामान्य मौसमी अवस्था भनिएको छ ।

विशेष