विदेश

दिल्लीमा बाक्लो तुवाँलो लाग्दा जनजीवन प्रभावित, विद्यालयसमेत बन्द

दिल्लीमा बाक्लो तुवाँलो लाग्दा जनजीवन प्रभावित, विद्यालयसमेत बन्द

नयाँ दिल्ली । अत्याधिक बाक्लो तुँवालोका कारण भारतको राजधानी नयाँ दिल्लीको जनजीवन प्रभावित भएको छ।

दिल्लीका सबै विद्यालयहरुमा बाहिर खुला ठाउँमा गरिने सबै गतिविधिहरुमा रोक लगाइएको अधिकारीहरुले बताएका छन्। कतिपय विद्यालयहरुमा त पठनपाठनसमेत बन्द गरेर अनिश्चितकालका लागि विद्यालयहरु सञ्चालन नगर्न भनिएको छ।

धेरै प्रदूषित सहरमध्ये पर्ने दिल्लीलाई लगातार दोस्रो दिन बुधबार बाक्लो तुवाँलोले ढाकेको अधिकारीहरुले बताएका छन्। भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा कैयौँ गुणासम्म बढी पाइएको उनीहरुको भनाइ छ।

कम गतिको हावा, निर्माणस्थलबाट आउने धुलो, फोहोर जलाउने कार्य र चाडपर्वहरुमा पड्काइने पटाकाले दिल्लीमा वायु प्रदूषणको स्तर बढाएको विज्ञहरु बताउँछन्।

दिल्लीमा हरेक वर्ष विषेश गरेर जाडोको समय सुरु भएपछि बाक्लो तुवाँलो फैलिने समस्या आउने गरेको छ।

विशेष