विदेश

वेलायती राजकुमार चाल्स भारत भ्रमणमा

वेलायती राजकुमार चाल्स भारत भ्रमणमा


नयाँदिल्ली। बेलायतका राजकुमार चाल्स र  श्रीमती कामिला पार्कर बोल्स बुधबार भारत अाइपुगेका छन् 

दुईदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेकाे सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

बेलायती राजकुमार दम्पत्तीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ताका क्रममा दुईपक्षीय सम्बन्ध अझ सुदृढ पार्ने विषयमा छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

सिंगापुर, ब्रुनाई, मलेसिया र भारत गरी चार देशको भ्रमण गर्ने क्रममा भारत आइपुगेका हुन् ।

बेलायतमा धेरै लगानी गर्ने देशहरूमध्ये भारत तेस्रो स्थानमा पर्दछ भने वैदेशिक रोजगारी बढी सिर्जना गरिदिने देशहरूमध्ये भारत दोस्रो स्थानमा पर्दछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम अहिले चीन भ्रमणमा रहेका छन् ।

विशेष