विदेश

ब्रिटेनकी विवादित मन्त्रीद्वारा पदबाट राजीनामा

ब्रिटेनकी विवादित मन्त्रीद्वारा पदबाट राजीनामा


एजेन्सी । ब्रिटेनकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रीति पटेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन । अनधिकृत रुपमा इजरेली नेताहरुलाई भेटेको भन्दै विवादमा परेकी मन्त्री पटेलले पदबाट राजीनामा दिएकी हुन् ।

बुधबार अबेर अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रीट गएर प्रधानमन्त्री टेरीजा मेलाई आफ्नो राजीनामा बुझाएकी हुन् ।

पटेलले राजीनामा नदिएको भए मेले उनलाई बर्खास्त गर्ने अडकलवाजी गरिएको थियो । गत अगष्ट महिनामा इजरेलमा छुट्टी मनाउन गएको बेला मन्त्री पटेलले इजरेली प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहु लगायत वरिष्ठ अधिकारीहरुलाई भेटेको खुलासा भएको थियो ।

विशेष