केशव स्थापित प्रदेशसभामा निर्वाचित
काठमाडौं । एमाले नेता एवं प्रदेश नम्वर ३ का केशव स्थापित प्रदेशसभामा निर्वाचित भएका छन् । काठमाडौंका पूर्व मेयर रहेका स्थापितले कांग्रेसका न्हुच्छेमान मानन्धरलाई पराजित गर्दै जित हासिल गरेका हुन् ।
उनले स्थापितले ८ हजार २२ मत पाए भने मानन्धरले ५ हजार १ सय ४९ मत पाए । विवेकशील साझाकी बिमलादेवी घिमिरेले २३ सय १ मत पाइन् । विजेता स्थापित काठमाडौं महानगरपालिकाको पूर्व मेयरका रुपमा परिचित छन् ।
जीतसँगै सन्चारकर्मीसँगको संक्षिप्त प्रतिकृयामा स्थापितले भने यो जनताको जीत हो, म पात्र मात्रै हुँ, प्रदेश नम्वर ३ का जनताले स्थापितको काम गर्ने स्प्रिडलाई वुझेर मुख्यमन्त्रीको दावेदार बनाईदिएका छन् ।