आशा कोइरालासँग ५ मतले पराजित भए प्रदीप पौडेल, फेरी मतगणना गर्न माग

आशा कोइरालासँग ५ मतले पराजित भए प्रदीप पौडेल, फेरी मतगणना गर्न माग


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल प्रदेशसभा सदस्यमा पाँच मतले पराजित भएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल माओवादीको उम्मेदवार तथा विना विभागीय मन्त्री आशा कोइरालासँग ५ मत मतान्तरले पराजित भएका हुन् ।

कोइरालाले १६ हजार ६ सय ४६ मत प्राप्त गरि विजयी भएकी हुन भने पौडेलले १६ हजार ६ सय ४१ प्राप्त गरेका छन् ।

झिनो मतान्तरमा पराजित भए पछि कांग्रेस उम्मेदवार पौडेलले पुनः मतगणनाको माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् ।

संम्बधित खबर

विशेष