विदेश

भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा आफ्नै चारजना साथीको हत्या

भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा आफ्नै चारजना साथीको हत्या

नयाँदिल्ली । भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् ।

उक्त सैन्य बलको केन्द्रीय शिवीर भित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् । शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो । आक्रमणकारी सिपाहीले सँगै रहेका आफ्ना सहकर्मीहरुलाई बन्दुक प्रहार गरेका थिए । 

“उसले आफ्ना चारजना सहकर्मीलाई बन्दुक प्रहार गरेका थिए, त्यसपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो, अर्का एकजना सहायक निरीक्षक घाइते भएका छन्,” नाम नबताउने सर्तमा बिजपुरका एक अधिकारीले भने । 

छत्तिसगढ राज्यका बरिष्ठ प्रहरी अधिकृत सुन्दरराज पीले स्थानीय सञ्चार माध्यमहरुलाई शनिबार अबेर दिएको जानकारी अनुसार घटना के कसरी र किन भयो भन्ने बारेमा अहिले केही स्पष्ट भईसकेको छैन भने प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

उनले किन यसरी गोली प्रहार गरेका हुन् अथवा उनीहरुबीच कुनै झगडाको कारण के थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । उनले दिएको जानकारीअनुसार सो सैन्य बलमा बन्दुक प्रहार गरी हत्यागर्ने ३५ बर्षीय सनाथ कुमारलाई पक्राउ गरिएको र सोधपुछ सुरु गरिएको पनि जानकारी दिएका छन् । 

छत्तिसगढका मुख्यमन्त्रीले ट्वीटरमार्फत् घटनाको भत्र्सनागर्दै दोषीलाई कारबाही गर्ने बताउनु भएको छ । छत्तिसगढ राज्य माओवादी प्रभावित क्षेत्र मानिन्छ । 

murder

विशेष