सशस्त्रको मध्यक्षेत्र बाहिनीको प्रमुखमा डीआईजी श्रेष्ठ
काठमाडौं । सशस्त्र प्रहरी बलको मध्यक्षेत्रको बाहिनीपतिको जिम्मेवारी कविन्द्रमान श्रेष्ठलाई दिइएको छ । मध्यक्षेत्रका प्रमुख रहेका डीआईजी नरेन्द्र सिंहले रेकर्ड सच्याएको प्रमाणित भएपछि अनिवार्य अवकाश पाएसँगै श्रेष्ठलाई बाहिनीपति बनाइएको हो ।
गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै डीआईजी श्रेष्ठलाई सो जिम्मेवारी दिएको बताइएको छ । प्रशासन विभागमा कार्यरत डीआईजी श्रेष्ठ नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् ।